सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बुर्गे (बेल्जियम)। प्रकृति, शान्ति र सम्बृद्धिका पुजक किराँत समुदायको संस्था संयुक्त किराँत समाज बेल्जियमले गत शनिवार बेल्जियमको पर्यटकीयनगरी बुर्गेमा उधौली पर्व, किँरात याले सम्वत ५०८४ (चाकोस ताङ्नाम) भव्यताका साथ मनाएको छ ।
कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य दिदै बेल्जियम स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत रुउस कार्कीले यस प्रकारका चाँगपर्वहरुले पहिलो र दोश्रो पुस्तालाई आफ्नो धर्म र संस्कृतिको संरक्षण र सम्वर्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए।
कार्यक्रमका अर्का वक्ता भोराउत पार्टी ओस्टण्डेका प्रतिनिधि मिखायल भानहिले नेपाल र नेपाली समुदाय धर्म र सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण देशको रुपमा चिनिएको बताउँदै यस्ता पर्वहरु बेल्जियममा समेत मानएको देख्दा आफु निकै खुसी भएको बताए ।
कार्यक्रममा च्याब्रुङ, केलाङ, साकेला जस्ता मौलिक नाँचहरु प्रदर्शन गरिएको थियो भने बिचमा ससाना बालबालिका स्मारिका सुब्बा, दिपशिखा सुब्वा, स्मिता कुलुङ राई, प्रतिक्षा कुलुङ राई र निकिता सुब्बा कामबाङले विभिन्न नेपाली गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा रमाईलो प्रदान गर्न बिङ्गो समेत खेलाईएको थियो । जस्मा नगद तथा पाँच ग्राम सुन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा तमु समाजकी सुमित्रा गुरुङ, तामाङ समाजकी प्रतिनिधि ज्योती घिसिङ, एभरेष्ट समाज बुर्गेका उपाध्यक्ष पुनम शर्मा, ओस्टण्डे समुदायको तर्फवाट प्रतिनिधि नरेन्द्र अधिकारी, मगर समुदायका प्रतिनिधि निता पुन लगायत स्थानीय संघसंस्थाहरु तथा विदेशी पाहुनाहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन महासचिब प्रतिक्षाकुलुङ राई र सचिब निकिता सुब्बा कामबाङले गरेका थिए ।