पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरी निर्वाचित

शनिबार, मंसिर २९, २०८१

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरी निर्वाचित भएका छन् ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिवसमेत रहेका गिरी ४८ मतान्तरका साथ बाँकेको अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज बिहान सम्पन्न मतगणनामा गिरीले निकटम प्रतिद्वन्द्वी प्रेस संगठनका प्रदिप वाग्लेलाई पराजित गरेका हुन् । 

त्यस्तै अर्का अध्यक्षका उम्मेदवार बिश्वराज पछल्डङ्याले १८ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्