बाँकेको ढकेरीमा जीपको ठक्करबाट मोटरसाइकल सवार दुई जना घाइते

सोमबार, साउन १५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज ।  बाँकेको राप्तीसोनारी गाउँपलिकास्थित पूर्व-पश्चिम् राजमार्गमा जीपको ठक्करबाट मोटरसाइकल सवार दुई जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ९ बजे राप्तीसोनारी-९ ढकेरीमा पश्चिमतर्फबाट रुकुम जाँदै गरेको बा १९ च ५५७८ न को स्कार्पियो जीपले पूर्व तर्फबाट कोहलपुरतर्फ आउँदै गरेको  भे ९ प ९१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा जनक कुसारी र अर्जुन कुसारी घाइते भएका छन् । घाइतेहरु दुबै रुकुम पश्चिमका हुन् ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। घाइते मध्ये अर्जुनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीले ठक्कर दिने स्कार्पियो र चालकलाई नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्