निर्माण व्यवसायीहरुले घेराउ गरे प्रधानमन्त्री निवास

सोमबार, साउन १५, २०८०

काठमाडौं । प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासलाई निर्माण व्यवसायीहरूले घेराउ गरेका छन्।

आज बिहान निर्माण व्यवसायीहरूले सरकारले आयोजनाहरूको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

निर्माण व्यवसायीहरूले आज बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । 

व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आइतबार मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्