सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपनिर्वाचनले कांग्रेसको मूल आधार नहल्लिएको स्पष्ट गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य डा.रिजालले भर्खरै सम्पन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको मतले कांग्रेसको आधार नहल्लिएको स्पष्ट पारेको बताए ।
उनले पार्टीले अघिल्लो निर्वाचनमा पाएको समानुपातिक मत भन्दा अहिले मत बढेको दाबी गरे । 'पार्टीको आधार हल्लिएको छैन, कमजोर भएका छौं कि भन्ने मलाई लागेको थियो,'डा. रिजालले भने, 'कांग्रेस आफ्नो आधारमा छ, यो आधारलाई बलियो बनाउनतर्फ पार्टी लाग्नुपर्दछ।'
उहाँले कांग्रेस र एमालेले सरकारको संयन्त्रलाई कसरी जनताका पक्षमा प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको डा। रिजालको भनाई छ । उनले दुबै ठूला दल निश्चित जिम्मेवारीका साथ सरकारमा रहेका कारण परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला लगायतको उपस्थिति थियो ।