कालोमोसो प्रकरणमा नेविसंघका केही नेता निलम्बनमा

सोमबार, साउन १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कालोमोसो दलेको विषयमा नेविसंघ मोरङका केही नेताहरु निलम्बनमा परेका छन् ।

नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष  महेश दाहाललाई कालोमोसो दलेको भन्दै नेविसंघ मोरङका केही नेताहरुलाई  निलम्बन गरेका हुन् ।

कालोमोसो प्रकरणको छानबिनमा दाहाललाई कालोमोसो दलेको पुष्टि भएपछि निलम्बन गरेको केन्द्रिय अध्यक्ष शेर्पाको विज्ञप्तिमा जनाइएको छ। 

यस्तो गलत कार्य नेविसंघको नियम ,आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले निलम्बन गरिएका हुन्।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्