जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिहीबार, मंसिर २०, २०८१

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जाजरकोटको कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७११ नम्बरको जीप मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका-१० नुवागाउँ नजिकै  गएराती जीप दुर्घटना भएर सडकबाट ७ सय मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा काम गर्ने कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २२ वर्षीय मिथुन हमाल रहेका छन् ।

दुर्घटनामा आयोजनाकै अर्का २२ वर्षीय मजदुर कमल चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जिल्ला प्रहरी जाजरकोटले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह