सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मुर्ति किन बनाउदै छ भनेर सबैलाई खुलदुली लागिरहेको हुन सक्छ। यति अग्लो मुर्ति किन भनेर सबैको मनभित्र प्रश्न हुन सक्छ।
नेपालगञ्जका मेयर प्रशान्त बिष्टले नेपालगञ्ज-२ हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण कार्य सुरु गरिसकेका छन् । भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भइ मूर्ति निर्माणको काम धमाधम रुपमा अगाडि बढाएको छ । यति धेरै खर्च गरेर किन नेपालगञ्जले हमुमानको मुर्ति बनाउन लागेको हो ? भन्ने प्रश्नमा यस्तो छ कारण ।
नेपालगञ्जका मेयर विष्टले नेपालगञ्जलाई भारतको अयोध्यासँग धार्मिक सर्किटका रुपमा जोड्ने नेपालकै ठूलो हनुमान मुर्ति निर्माण थालिएको बताए ।
भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर निर्माण गरिएको हुँदा धर्मग्रन्थ अनुसार राम र हनुमानका बीचको धार्मिक सर्किट बनाउनका लागि बडेमानको हनुमान मुर्ति निर्माण थालिएको मेयर बिष्ट बताउँछन् ।
हनुमानको मुर्ति निर्माणपछि पूर्वको जनकपुर र नेपालगञ्जका बीचमा पनि धार्मिक सर्किट निर्माण हुने उनले आशा उनले ब्यक्त गरे ।
नेपालगञ्ज हुँदै सयौं धार्मिक पर्यटक मानसरोवरको यात्रामा जाने तिर्थ आत्रुको संख्या ठूलो रहेको हुँदा उनीहरुलाई पनि नेपालगञ्जमा थप केही दिन रोक्न सजिलो हुने मेयर बिष्टको तर्क छ ।
‘नेपालगञ्जको जमुनाहा नाका पश्चिम नेपालकै एउटा ठूलो भन्सार नाका पनि रहेको हुँदा भविश्यमा धार्मिक सर्किटका रुपमा बिकास गर्न विश्वकै तेस्रो ठूलो तथा अग्लो हनुमान मुर्ति निर्माण गर्न थालिएको हो,’ को मेयर बिष्टले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाले हनुमानको मुर्ति निर्माण गरेपनि त्यो बाहेक बाहिरी आवरण, सजावट, चिल्ड्रेन पार्क लगायका अन्य संरचना निर्माणका लागि लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौंपानेलाई अनुरोध गरिएको मेयर बिष्टले बताए ।
नेपालगञ्जको प्रमुख मन्दिर बागेश्वरीको निर्माण कार्यपनि चलिरहेको, मन्दिरको छाना फालेर अहिले तामाको छाना हालिएको, त्यसको नजिकै हमुमान मुर्ति निर्माण थालिएको र बागेश्वरी मन्दिरको पूर्वको तलाव ‘जुंगे महाराज’लाई भाटेर सुन्दर पर्यटकीय क्षेत्र निर्माणको काम भइरहेको छ ।
वि.सं.२०७९ चैत २३ मा हनुमान मुर्ति निर्माणको सम्झौता भएको थियो । जम्बुदिप कन्स्ट्रक्सन प्रालि वसुन्धरा काठमाडौँले दुई वर्षभित्र काम पुरा गर्ने गरी निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।
हालसम्म फाउन्डेसन र प्लेटफर्मको काम सकिएको छ । हनुमान मुर्तिको खुट्टाको पाइतला निर्माणको काम बर्षा अघि नै सकिएको सिभिल इन्जिनियर सुरज शर्माले जानकारी दिए ।