सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपालगन्जको कारकाँदोबाट हराएर एक व्यक्तिले फेला पारी जिल्ला प्रहरी बाँकेलाई बुझाइएको सुन र नगद सम्बन्धित धनीलाई बुझाइएको छ।
सोमबार दिउँसो नेपालगन्ज-१८ स्थित स्टार लाईट होटेल नजिकबाट राजबिराज नगरपालिका-६ घर भएर हाल सुर्खेत बस्दै आएका सुनिल भगतले भेटाएको १० हजार ४२० रुपैयाँ र सुनको गहनासहितको ब्यागलाई भेटाएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए।
जिल्ला प्रहरी बाँकेमा आज नेपालगन्ज-१८ कै ४१ वर्षीया महिला पूर्ण कुमारी थापाले हराएको नगद र सुन आफ्नो भएको निवेदन दिए पश्चात् सबै कुरा जाँचबुझ गरेर उनलाई उक्त सामान फिर्ता गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
बाँके प्रहरीले सुन र नगद भेटाएर प्रहरी कार्यालयमा बुझाउने भगतलाई विशेष धन्यवाद प्रकटसमेत गरेको थियो।