भारतमा चलिरहेको रेलमा आरपीएफकै जवानले गोली चलाउदा ४ जनाको मृत्यु

सोमबार, साउन १५, २०८०

मुम्बई । भारतमा चलिरहेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा आरपीएफका जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली चालाउदा ४ जनाको मृत्यु भएको बताइएको छ। 

रेलवे सुरक्षामै खटिएका जवानले रेलमा के कारणले गोली चलाए भन्ने बारेमा अझै केही नखुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

घटनापछि ती जवानलाई प्रहरीले  नियन्त्रणमा लिएर  घटनाबारे त्यहाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्