कीर्तिपुरमा जोगायो कांग्रेसले साख, कृष्णमान डङ्गोल बने मेयर

मंगलबार, मंसिर १८, २०८१

कीर्तिपुर । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो साख जोगाएको छ । कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् ।  

आइतबार भएको उपनिर्वाचनको मतगणनामा डङ्गोलले पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । 

डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का डा सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत प्राप्त गरे। 

साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले दुई हजार ३६ र कविकुमार महर्जनले एक हजार तीन सय १४, दिनेशकुमार अधिकारीले एक हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले नौ सय ९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित भएपछि डङ्गोलले नगरको व्यवस्थित विकासका लागि कदम चाल्ने र सार्वजनिक सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाए। 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्