महाबु गाउँपालिकाको अध्यक्षमा एमाले र मोरङको ग्रामथान गाउँपालिकामा माओवादी निर्वाचित

सोमबार, मंसिर १७, २०८१

काठमाडौँ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को नतिजा आउनेक्रम जारी छ । 

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका जङ्गबहादुर शाहीले ३ हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।

त्यसैगरि मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।

माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् ।

यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।

ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्