बाँकेको राप्तीसोनारीका अग्नीपीडितलाई कांग्रेसद्वारा राहत वितरण

आइतबार, मंसिर १६, २०८१

नेपालगन्ज । नेपाली काँग्रेस क्षेत्र नं.१ बाँकेले राप्तीसोनारी-७ का अग्नीपीडितलाई राहत वितरण गरेको छ ।

अग्नी पीडितहरु रामचन्द्र कुम्हार, तुल्सीराम कुम्हार र बंशीलाल कुम्हारलाई क्षेत्रीय सभापति पोषण केसीले राहत वितरण गरे। आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएका थिए । तीन घरपरिवारलाई ५०-५० किलो चामल, २-२किलो दाल, १-१ किलो नुन र १-१ लिटर तेल वितरण गरिएको छ । 

अग्नीपीडितहरुलाई खाद्यान्न लगायतको राहत सामग्री वितरण गरिएको केसीले बताए । खाद्यान्न लगायतको सामग्री उपलब्ध गराउने सहयोगी मनहरुप्रति उहाँले धन्यवाद समेत दिएका छन् । 

क्षेत्रीय सचिव खुम बहादुर बस्नेतका अनुसार अग्नीपीडितहरुलाई राहत वितरणसँगै नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति, जिल्ला र क्षेत्रको संगठन सुदृढीकरण अभियान अन्तर्गत 'टोल टोलमा कांग्रेस' अभियानको एघारौं दिन आज राप्तीसोनारी वडा नं.७ का देउपुरूवा र पिप्रहवा टोलमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्