एनपीएलमा जनकपुर बोल्टसको विजयी सुरुवात,विराटनगर ८ विकेटले पराजित

शनिबार, मंसिर १५, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्ले विजयी शुरुआत गरेको छ । त्रिविविको मैदानमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित निकालेको हो । 

१२८ रनको झिनो चुनौती जनकपुरले १५।ल.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि श्रीलंकन खेलाडी मिलन्थाले ५३ बलमा अविजित रहँदै ७५ रन जोडे । त्यस्तै क्यानेडियन खेलाडी हर्ष थाकेरले ३३ बलमा अविजित रहँदै २९ रन बनाए । क्रिस सोल र प्रतिस जिसीले १–१ विकेट लिए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटियो ।  मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाए बाहेक कोही पनि टिक्न सकेनन् । अकिब इलियासले १५ रन बनाए । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । 

कम योगफलमै रोक्ने क्रममा ललित राजवंशीले ३ तथा किशोर महतो र हर्ष ठाकेरले २–२ विकेट लिए । 

बेन माइक र मोम्मद मोहसिनले १–१ विकेट झारे। एनपीएलमा आठ टिम रहेका छन् । आइतबार दुई खेल हुनेछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्