सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बारम्बार बाँकेको बाल सुधार गृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधार गृहसम्बन्धि कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।
सुरक्षा समितिको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले कात्तिक २६ गते तीन जना बालबिजाइँकर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।
उनले बाल सुधार गृहमा सादा पोसाकमा प्रहरी सुरक्षामा खटिने र हतियारसहित बस्न नपाउने लगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताए ।
यसैबीच बाल सुधार गृहबाट १२ बालबिजाइँकर्ता भागेकामा ९ जना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीन जना अझै फेला परेका छैनन् । गत वर्ष पुसमा पनि २३ जनामा पनि ३ जना भागेका थिए । रासस