सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वको ६० प्रतिशत जनसङ्ख्या रहेको दक्षिण एसियाका राष्ट्रहरुहरुले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताए ।
सभापति देउवाले युवाहरूलाई उत्पादन गर्ने क्षेत्रमा नवीन आविष्कारसहितको उद्यमशीलतामा लगाउन नसके बिदेसिने क्रम अझै बढ्ने बताए । उनले बढ्दो जनसङ्ख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुद युवाहरूलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गर्नुभयो । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताए ।
सभापति देउवाले भने, ‘विश्वको ६० प्रतिशत जनसङ्ख्या रहेको साउथ एसियाका राष्ट्रहरुहरुले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ । यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नवीन आविष्कार सहितको उद्यमशीलतामा लगाउन सकेनौ भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ । बढ्दो जनसङ्ख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुद हामीले हाम्रा युवाहरूलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्त्वपूर्ण छ । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको छ । जलवायु परिवर्तनले पारेको प्रभाव लगायत विषयलाई पनि मध्यनजर गर्दै सम्मेलनले मानव हितका सम्बन्धमा मार्ग निर्देशन गर्ने अपेक्षा गर्दछु ।’