यी प्रदेशमा भारी वर्षा

सोमबार, साउन १५, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भइरहेको छ। दाङको लालमटिया र कपिलवस्तुमा भारी वर्षा भएको छ।

कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा समेत  हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाका कारण आउन सक्ने बाढी र पहिरोबाट  सतर्कता अपनाउन आग्रह गरिएको  छ।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्