सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेले जिल्ला प्रहरी कास्कीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतले यसअघि पनि लामिछानेलाई गत कार्तिक २५ गते १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले लामिछानेमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी हिरासतमा रहेका लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
लामिछानेविरुद्ध चितवन जिल्ला अदालतले सहरा बचतको रकम अपचलन आरोपमा पक्राउ पुर्जी जारी गरिसकेको छ भने काठमाडौं अदालतले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।