प्रधानन्यायाधीश कार्की साउन २० गते अवकाश हुँदै, संवैधानिक परिषद् बैठक मंगलबार

आइतबार, साउन १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । अबको ६ दिनमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाँदैछन् ।उनी साउन २० गते अवकाशमा जान लागेका हुन् । 

प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । 

बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठक बोलाउनुअघि प्रचण्डले बिहान प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै ढिला गरी संवैधानिक परिषद्को बैठक डाकिएको हो । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्