नेपालगन्ज उपमहानगरले भन्यो- सबै अस्पतालमा शैयाको १० प्रतिशत तोकिएको वर्गलाई नि:शुल्क सेवा दिनु

शुक्रबार, मंसिर ७, २०८१

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले निजी स्वास्थ्य संस्था एवं अस्पताललाई कुल सेवाग्राही तथा शैयाको कम्तिमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य नि:शुल्क सेवा दिन निर्देशन दिएको छ ।

उपमहानगरले नेपालगन्ज उपमहानगरभित्रका सबै निजी स्वास्थ्य संस्था तथा निजी अस्पतालहरुलाई पत्र काट्दै गरिब, विपन्न, असहाय, अपांग, सिमान्तकृत लगायतका सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टद्वारा जारी गरिएको पत्रमा नेपालगन्ज उपमहानगरपालिका नगर स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालहरुले कुल सेवाग्राही तथा शैयाको कम्तिमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपांग, सिमान्तकृत लगातका सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिएका छन् ।

उपमहानगरले जारी गरेको निर्देशनलाई अटेरी गर्दै कार्यान्वयन नगरेको पाइएमा कारबाही हुने बस्नेतले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्