दंगीशरण गाउँपालिकामा थप दुई स्थानबाट पशु र कृषि शाखा विस्तार

शुक्रबार, मंसिर ७, २०८१

दाङ । दाङको दंगीशरण गाउँपालिकाले किसानहरुको दुखलाई बुज्दै आफ्ना नागरिकलाई सहजताहोस भन्दै गाउँपालिकाको कृषि र पशु शाखाबाट दिइँदै आएको सेवालाइ थप दुई ठाउँबाट सेवा विस्तार गरेको छ ।

गाउँपालिकाको मुकाम हेकुलीसम्म आउन निकै सास्ती बेहोर्ने गरेका वडा नं. १,२ र वडा नं ६ र ७ का किसानहरुका लागि सोहि ठाउँबाटै सेवा प्रारम्भ गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।आफूहरु निर्वाचित भएर आइसकेपछी कृषि र पशु सेवा पाउन सास्ती पाएको देखेर यस्तो निर्णय गरेको अध्यक्ष गिरीको भनाइ छ । 

गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णय अनुसार वडा नं.१  र २ को लागि साविक गोल्टाकुरी गा.वि.स भवनबाट र वडा नं. ६र ७ का लागि वडा नं. ६ को कार्यालयबाट सेवा शुरु गरेकोहो । सेवा प्रारम्भका लागि वडा नं. १ र २ मा  कृषितर्फ चौथो कृषि सहायक लोकमान चौधरी र पशु शाखातर्फ चौथौ पशु सहायक एकराज सुवेदीलाइ पठाइएको हो ।

यस्तै वडा नं. ६ र ७ का लागि कृषितर्फ चौथो सहायकस्तर लता घिमिरे र पशुतर्फ पाचौं तहका हस्ताराम खड्कालाइ पठाइएको छ ।

सेवा बिस्तारले पालिकाको पहुँचदेखि टाढा  रहेका वडाका किसानलाईइ कृषि र पशुको सेवामा सहजता आउने अपेक्षा लिएको गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बबताइन्  । पशुचौपाय र कृषिमा सानो- सानो समस्या हुदा पनि गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यताको अत्यहुने उपाध्यक्ष खड्काको भनाइ छ ।

सेवा बिस्तरका लागि भौतिक पुर्वाधार सहित दुबै ठाउँमा कार्यालय सहयोगीको समेत ब्यबस्था गरी सेवा शुरु गरिएको गाउँपालिकाका प्रशासन प्रमुख यादब बहादुर डाँगीले  जानकारी  दिए।

जनताको जनजिविकाको सवाललाई महत्त्व दिदै आएको गाउँपालिकाले मानविय विकाससँगै भौतिक पुर्वाधारको विकासकालाई अगाडि बढाउदै आएको छ ।धेरैजसो नागरीक कृषिमा निर्भर रहेको गाउँपालिकामा किसानहरुको सहजता र कृषिमा उत्पादन र उत्पादकत्व बढाउन प्रमुख प्राथमिकताका साथ पालिका अगाडि बढेकोकछ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्