कोहलपुर नगर अस्पतालमा सुरु भयो स्वास्थ्य बीमा

शुक्रबार, मंसिर ७, २०८१

कोहलपुर । कोहलपुर नगर अस्पतालले विहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । भदौं १ गतेबाट सेवा दिने तयारीका साथ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन २५ गते कोहलपुर नगर अस्पतालमा बीमा कार्यक्रम उद्घाटन गरेका थिए । प्राविधिक कठिनाईका कारण केही ढिला गरी सेवा सुरु भएको हो ।

कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको गुनासोलाई ध्यानमा राख्दै, बनकटवा लगायत अन्य अस्पतालमा रेफरलका लागि जानु पर्ने बाध्यताको अव अन्त्य हुने विश्वास गरिएको छ ।

‘यसअघि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नगरभित्रका नागरिकलाई बैजनाथ गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो’ कोहलपुर नगरपालिका स्वास्थ्य बीमा संयोजन समितिका सदस्य समेत रहेका कोहलपुर नगरपालिका वडा नं।१२ का ‘अबदेखि कोहलपुरका नागरिकलाई मात्रै होइन, नगर अस्पताल पायक पर्ने अन्य पालिकाका नागरिकले पनि सेवा लिन सक्नेछन् ।

सेवा सुरु भएको पहिलो दिन विहीबार पाँच जनाले सेवा लिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए। कोहलपुर नगरपालिकाले लामो समयदेखि गरिरहेको प्रयासले सार्थकता पाएको भन्दै कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले खुसी व्यक्त गरिन् ।

उनले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रम रहेको उनको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डको नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ले निर्देशित गरेका सम्पूर्र्ण मापदण्ड पूरा गर्दै कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट बीमा कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्