समुदाय व्यवसाय सहजकर्ताका लागि बिक्री र सिप सम्बन्धि दुई दिने तालिम

बुधबार, मंसिर ५, २०८१

तुलसीपुर । हेलन किलर र आइडि नेपालको आर्थिक सहयोग,ब्याकवार्ड सोसाइटी एजुकेसन बेस र कालिका स्वाबलम्बन सामाजिक केन्द्रको सहजीकरणमा पोषण मार्फत जिबन रुपान्तरण परियोजना अन्तर्गत समुदाय ब्यबसाय सहजकर्ताहरुलाइ बिक्री र सिप विकास सम्बन्धि २ दिने तालिम बुधबारदेखि मेट्रो होटेल तुलसीपुरमा सुरु भएको छ ।

पोषण मार्फत जिबन रुपान्तरण परियोजना २०२४-२०३० अन्तर्गत दुई साझेदार संस्थाहरु बेस र कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलबस्तुको सयुक्त रूपमा आयोजना भएको समुदाय ब्यबसाय सहजकर्ताहरुका लागि २ दिने तालिमको आज एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।

बुधवार एक औपचारिक कार्यक्रमका विच बेशका जिल्ला अध्यक्ष महावीर चौधरीले ब्यानर पढेर उद्घाटन गरेका थिए।तालिम पोषण क्षेत्रमा पोशण विशेष र पोषण संबेदनसिललाई टेवा पुग्ने गरी गर्भवती बच्चाको आमा तथा परीवारको सदस्यलाइ पोषणमा लगानि बढाउनुका साथै आफ्नो घर बगैचामा उत्पादन बढाउने उदेश्यले दाङ जिल्लाको १० वटै पालिका र कपिलवस्तुको १० वटै स्थानीय तहमा संचालन गरीएको कार्यक्रमबाट २६ जना ब्यबसाय सहजकर्ताहरुलाइ २ दिने तालिम दिन लागिएको हो ।

बेसका कार्यक्रम निर्देशक पिन्की डाँगीको स्वागत मन्तव्यबाट शसुरु भएको तालिमको पहिलो दिनको कार्यक्रमको सहजीकरण आइडिका परियोजना अधिकृतद्वय जङ्ग बहादुर गुरुङ, सन्तोष शर्मा, कृषि तथा पोषण अधिकृत मनोज चौधरी र आकाश पौडेलले गरेका थिए ।

दुई दिने तालिममा बेसका सुपरभाइजर निशान केसी र रामप्रसाद चौधरी समेतको सहभागीता रहेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्