उच्च अदालतले गर्‍यो राजकुमार हमाललाई जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा पुनर्वहाली

बुधबार, मंसिर ५, २०८१

दाङ । राजकुमार हमाल जिल्ला खेलकुद बिकास समिति दाङको अध्यक्षमा पुनर्बहाली भएका छन् ।

उच्च अदालत तुलसीपुरले राजकुमार हमाललाई  जिल्ला खेलकुद बिकास समिति दाङको अध्यक्षमा  पुनर्बहाली गरिदिएको छ ।

उच्च अदालत तुलसीपुरले आज हमाललाई अध्यक्षमा पुनर्बहाली गरेको हो। हमालको पदाबधि ४ बर्ष नपुग्दै झन्डै ४ महिना पहिले लुम्बिनी प्रदेश खेलुकुद बिकास समितिले पत्राचार गर्दै हमाल नेतृत्वको समितिलाई पदमुक्त गरेको सूचना दिएको थियो ।

लुुम्बिनी प्रदेश सरकारले हमाल नेतृत्वको जिल्ला खेलकुद बिकास समितिलाई हटाउने निर्णय गरेपछि प्रदेश खेलकुद बिकास समितिले पत्राचार गरेको थियो । हमालले त्यसका बिरुद्ध मंगलरबार मात्रै  पदाबधि भन्दा पहिलै आँफुलाई अन्यायपूर्वक हटाइएको भन्दै अदालत निबेदन दर्ता गराएका थिए ।

आज त्यसमाथि निर्णय सुनाउँदै उच्च अदालत तुलसीपुरले उचित सुनुवाइको मौका नदिएर आँफुखुसी हटाइएको भन्दै त्यसो गर्न नमिल्ने हुँदा हमाललाई जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष पदमा पुनर्बहाली गरिदिएको हो ।

उच्चले पुनर्बहाली गरेपछि अध्यक्ष हमालले आजै  अधिबक्ता प्रबिण लम्साललाई साथमा लिएर पदबहाली गरेका छन् । तुलसीपुर उपमहानगरपालिका- १८ बेलझुण्डी रंगशालास्थित कार्यालयमा पुगेर उनले पदबहाली गरेको बताए ।

नेपाली काँग्रेस निकट हमाल काँग्रेसकै सिफारिसमा यसअघि जिल्ला खेलुकद बिकास समितिको अध्यक्ष नियुक्त भएका थिए । राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक परिवर्तनसंगै उनलाई पदावधि नपुग्दै हटाउने निर्णय गरिएको हुँदा त्यसका बिरुद्ध आँफु अदालत गएको र उच्च अदालतले न्याय दिएको अध्यक्ष हमालले बताए।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्