गहिरो दुःख पोख्दै नेता पोषण केसीले भने- 'अलबिदा भोला दाइ'

मंगलबार, मंसिर ४, २०८१

बाँके । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधनमा 'अलबिदा भोला दाइ' भन्दै नेपाली कांग्रेसका युवा नेता पोषण केसीले गहिरो दुख व्यक्त गरेका छन् ।

कांग्रेस बाँके क्षेत्र नं. १ क क्षेत्रीय सभापति केसीले संविधानसभा सदस्य तथा काँग्रेस बाँके क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति भोलाको असामयिक निधनले पार्टीमा अपुरणिय क्षति भएको बताएका छन् ।

नेता केसीले भनेका छन-" भोला दाइ पार्टीको ईमानदार कर्तब्यनिष्ट र बफादार सिपाहीको रूपमा क्रियाशिल हुनुहुन्थ्यो।" कांग्रेस बाँकेले पार्टीको एउटा सच्चा सिपाही गुमाएको केसीले बताएका छन् ।

नेता केसीले स्व.नेता भोलाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समबेदना प्रकट गरेका गरेका छन् ।

संविधानसभा सदस्य भोलाको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको थियो। स्व.नेता भोला  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी थिए।

इमान्दार र जुझारु स्वभावका स्व.नेता भोला दोस्रो संविधानसभा २०७० मा समानुपातिकतर्फ सभासद  भएका थिए । उनको आज अपरान्ह ४ बजे अन्त्येष्टि गरिने भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्