श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या

मंगलबार, मंसिर ४, २०८१

रुकुम पश्चिम् । रुकुम पश्चिमको चौरजहारीमा आफ्नै श्रीमानको श्रीमतीको हत्या गरेकी छिन् । 

 जिल्लास्थित चौरजहारी नगरपालिका-२ की ३२ वर्षीया दीपा कुमालले आफ्नै ४० वर्षीय श्रीमान मधु कुमालको हत्या गरेको रुकुम पश्चिम प्रहरीलेले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार दीपाले घरायसी विवादका कारण आज बिहान साढे २ बजे श्रीमान मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । 

घटना भए लगत्तै दीपाका छोराले प्रहरीलाई जानकारी गराए पश्चात् प्रहरीले दीपालाई पक्राउ थप अनुसन्धान अगाडि बढाएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्