नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता

आइतबार, साउन १४, २०८०
Neuro hospital Nepalgunj

जनकपुर। नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता भएको छ।दुई पार्टीबीच आज  जनकपुरमा  एकता भएको हो।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले  एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका हुन् ।

महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने सहमति समेत भएको छ।

अब दुवै पार्टीबीच आन्तरिक सहमतिअनुसार केन्द्रदेखि तल्ला तहसम्म  नेताहरूको समायोजन गरिने बताइएको छ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्