बैकुण्ठ अर्यालले दिए पदबाट राजीनामा

सोमबार, मंसिर ३, २०८१

काठमाडौं । डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा विशिष्ट पदमा रहेका अर्यालले आज पदबाट राजीनामा दिएका हुन् ।

आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका अर्यालले आजका दिनदेखि लागू हुने गरि राजीनामा दिएका हुन् ।

अन्तशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका तत्कालीन मुख्यसचिव अर्याललाई विशेष अदालतले कात्तिक ९ गते सफाइ दिएको थियो।

सफाइ पाए पश्चात् निलम्बन फुकुवा भएका अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा विशिष्ट पद सृजना गरेर सरुवा गरेको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्