पूर्व सभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

सोमबार, मंसिर ३, २०८१

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा  आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो । आजै

ढुंगानाको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ  अन्त्येष्टि गरिँदै छ । 

साथै पूर्व सभामुख ढुंगानाको निधनको शोकमा आज देश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्