धरानमा मात्रै डेङ्गुबाट ज्यान गुमाउँनेको संख्या ८ पुग्यो, २३ सय बढी संक्रमित

आइतबार, साउन १४, २०८०
Neuro hospital Nepalgunj

धरान । डेङ्गुबाट  धरानमा मात्रै  ८ जनाको ज्यान गएको  छ । यसबाट धरानमा मात्रै २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।

धरानमा  ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको धरान उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरका अनुसार  परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।

डेङ्गुबाट संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक  पनि सञ्चालन गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको छ। धरानमा २४० वटै टोल विकास संस्थालाई  डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ । अहिले डेङ्गुबाट विभिन्न जिल्लामा संक्रमित बढीरहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्