सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गत कात्तिक महिनामा मात्रै ४८ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। जस अन्तर्गत १२ बर्ष ५ महिना २० दिन कैद र ५ लाख २० हजार १६८ रुपैयाँ जरिवाना असुल गर्न बाँकि रहेका ती फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रवक्ता एवं डीएसपी आयुष जोशीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी बाँकेले अवैध सामाग्री बरामदतर्फ २० लाख ७५ हजार ६५० रुपैयाँ बराबरको भन्सार छ्लीका सामाग्री बरामद गरेको छ। जसमा विभिन्न किसिमका सामाग्रीसहित एउटा कार समेत बरामद गरी आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका ११८ वटा मुद्दामा २०३ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको छ भने ४० वटा पेण्डिङ मुद्दाहरु फछर्यौट गरिएको डीएसपी जोशीले बताए।
त्यसैगरी, ठाडो उजुरीतर्फ ४१५ वटा निवेदनमा ४ सय फछर्यौट भएको र बाँकी १५ निवेदन प्रक्रियामा रहेको बाँके प्रहरीले जनाएको छ।
त्यस्तै, महिला तथा बालबालिकातर्फका १० मुद्दा दर्ता भएकोमा ११ जनालाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ भने घरेलु हिंसासम्बन्धि ४६ वटा उजुरीमा ३० वटा फछर्यौट भएको र बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेका छन् ।
जिल्ला प्रहरी बाँकेले अवैध उत्खननतर्फ ३ वटा ट्याक्टर नियनत्रणमा लिएर ३० हजार रुपैयाँ जरिवाना गराएर सम्बन्धित निकायमा पठाएको छ।
यसैगरी, जिल्लाका विभिन्न स्थानबाट हराएका दुई वटा मोटरसाईकल र १० थान स्मार्ट मोबाइल फेला पार्दै सम्बन्धित धनीलाई बुझाएको डीएसपी जोशीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी बाँकेले बेपत्ता तथा हराएको भन्दै खोजतलासका लागि दिइएको २३ निवेदनमा ९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाएको र बाँकी खोजतलासको क्रममा रहेको जनाएको छ।
त्यसै ट्राफिक कारबाहीतर्फ कात्तिक महिनामा २७८२ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ३१ हजार रुपैयाँ रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
प्रहरीले सोही अवधिभर २४ जना लागुऔषध कारोबारीलाई पक्राउ गर्दै लागुऔषध मुद्दा चलाएको छ भने सोही दौरानमा २८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर, २०८ नाइट्राजेपाम ट्याब्लेट बरामद छ।
त्यसैगरी, बाँके प्रहरीले कात्तिक १ गते बिषादी सेवन गराई लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको जोशीले बताए।
त्यसैगरी समुदाय प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले ४८ पटक सचेतनामुलक कार्यक्रम गरेको छ। जसमा ४ पटक लागुऔषध, आत्महत्या सम्वन्धि सचेतना ८ पटक, अल्पशंख्यकसंग प्रहरीतर्फ २ पटक , नागरिक सुनुवाईतर्फ २ पटक र चोरी सम्बन्धि ९ पटक सचेतना कार्यक्रम सन्चालन गरिएको डीएसपी जोशीले जानकारी दिएका छन् ।
यस्तै, ट्राफिक सचेतना तर्फ २२८ पटक सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको थियो।
जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत कात्तिक महिनामा इलाका प्रहरी कार्यालय बैजापुरलाई उत्कृष्ट प्रहरी इकाई घोषणा हुँदा आचरण बिपरित कार्य गर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई तिन पुस्तेमा जनिने गरी कारवाही गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
जिल्ला प्रहरी बाँकेले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत तालिम प्रप्त कुकुरहरुद्वारा नेपालगन्ज बसपार्क, राँझा बिमानस्थल र जमुनाहा नाकामा समय समयमा चेकजाँच गर्दै साथै पैदलगस्ती गरेको डीएसपी जोशीले जानकारी दिएका छन् ।