सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । आज ८३ वर्षीय पुर्व सभामुख ढुङ्गानाको उपचारको क्रमम निधन भएको हो ।
उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका समेत खेलेका थिए ।