सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।
निगमका अनुसार काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने भएको छ ।
निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ।