सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै एक प्रदूषित सहर बनेकोछ। काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ।
युरोपको स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको राजधानी ढाका रहेको छ ।