सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ गरेको छ ।
कार्तिक २६ गतेदेखि अभियान थालिएको हो । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिद्वारा संचालित सय दिने सांगठनिक अभियान, बाँके कांग्रेसको चार महिने अभियान र नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को निर्णयानुसार 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ भएको क्षेत्रीय सभापति पोषण केसीले बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत टोल नम्बर ९ खोकरीबाट शुरू भएको अभियानको पहिलो दिन खोकरी, चप्परगौरी, ओजखोला र भवानियापुर टोलमा कार्यक्रम गरिएको छ । यस्तै दोस्रो दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कै कुसुम, बैरिया, सौरी, गाभर र सिक्टा टोलमा कार्यक्रम सम्पन्न भएको थियो भने आज राप्तीसोनारी वडा नम्बर ३ का टोलहरू उत्तर नवलपुर, दक्षिण नवलपुर, भगवतिपुर, गलरावाज, बैशा, नारायणपुर, बनघुस्री, सिनावास, साईपुर र खैरिनी गरी १० वटा टोलमा कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए । जिल्ला प्रतिनिधि, क्षेत्र, प्रदेश, पालिका, वडा र टोल कार्यसमितिका सभापति तथा पदाधिकारीका साथै कार्यसमिति सदस्य र क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा पार्टी संगठनको आन्तरिक जीवनका साथै स्थानीय विकास निर्माण र स्थानीय जनताहरूले भोग्नुपरिरहेका समस्या तथा समाधानका उपायका बारेमा गम्भीर छलफल भएको क्षेत्रीय सभापति केसीले बताए ।
प्रत्यक दिने हुने 'टोलटोलमा कांग्रेस अभियान' अन्तर्गत बाँके क्षेत्र नम्बर १ का ३० वटै वडामा केन्द्र र जिल्लाको अभियानभित्रै क्षेत्रले पनि कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।