दीपक मनाङे काठमाडौंबाट पक्राउ

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । 

उनलाई अज बिहान पक्राउ गरिएको गरिएको हो। सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । 

सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन्। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

मनाङेलाई आजै अदालत उपस्थित गराएर जेल पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्