नौबस्ता कारागारबाट ३ जना बालबन्दी फरार

सोमबार, कात्तिक २६, २०८१

नेपालगन्ज । बाँकेको नौबस्तामा रहेको नौबस्ता क्षेत्रीय कारागारस्थित बाल सुधार गृहबाट तीन जना बालबन्दी भागेका छन् ।

सी ब्लकमा राखिएका २५ जनामध्ये बाँकेका सुनिल नेपाली, दाङका रेशम थापा र प्यूठानका गुमबहादुर नेपाली फरार भएका हुन् ।

रेशम र सुनिल कर्तब्य ज्यान र गुमबहादुर जबरजस्ती करणी मुद्दाका अभियुक्त हुन् । बाँके प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ।

उनीहरू राती भागेको आशंका गरिएको छ । उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो सङ्ख्यामा प्रहरी तथा सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्