चार दलिय समाजवादी मोर्चाको पहिलो बैठक सुरु

शनिबार, असार २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चार दलिय समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ । 

आज अपराह्नदेखि नेकपा समाजवादीको कार्यालय शााान्तनगरमा  मोर्चाको बैठक सुरु भएको हो। 

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।

मोर्चाले आफ्नो प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ जनाएको छ। 

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्