बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

शुक्रबार, कात्तिक २३, २०८१

चितवन । चितवनको सत्र किलोमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

नारायणगढ- मुग्लिन सडक खण्डको सत्र किलोमा आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय हायस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहन हायसमा सवार गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

दुर्घटनामा अन्य ६  जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र ४  जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्