कोहलपुर नगरपालिकाले रोपेको बिरुवा काट्ने एक जना पक्राउ

बिहीबार, कात्तिक २२, २०८१

नेपालगन्ज । कोहलपुर नगरपालिका–१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० रामनगरका लक्ष्मी प्रसाद भुसाल रहेका छन् । भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 

भुसालले गत भदौ २४ गते राती आराले धमाधम काटेर ५ वटा स्वामीका बिरुवा ढलाएका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय कोहलपुर, नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अध्ययन गरेको थियो । 

घटनाको अध्ययन पश्चात भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेज समेत प्रहरीले फेला पा¥यो । यस्तो अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दियो । तर, भुसाललाई पक्राउ गर्न डिभिजन वन कार्यालय बाँकेले प्रहरीलाई ढिला गरी अनुमति दिएको हो । 

वनको अनुमति पाएसँगै भुसाललाई कार्तिक २० गते पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । नगर प्रहरी प्रमुख वीरबहादुर थापा भुसाल कारबाहीमा परेसँगै कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा अन्यले पु¥याउन सक्ने क्षतीको जोखिम कम हुने बताए । 

बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले धमाधम काटिदिएका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्