राष्ट्रिय खेलाडी पुजा रानालाई कोहलपुर नगरपालिकाले गर्‍यो नगदसहित सम्मान

बिहीबार, कात्तिक २२, २०८१

बाँके । महिला साफमा सहभागी भएकी नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी पुजा रानालाई कोहलपुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ। 

भर्खरै काठमाडौंमा सम्पन्न महिला साफमा नेपालको प्रतिनिधित्व गर्दै गरेकी रानालाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले एक कार्यक्रमका बीच ५१ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेका हुन् । उक्त साफमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो।

रानाले कोहलपुरमा खेल सिक्दै नेपाली राष्ट्रिय टोलीमा सहभागी भएर साफ च्याम्पियनसिप जस्तो ठुलो प्रतियोगिता खेल्दै कोहलपुरलाई समेत चिनाउन सफल भएकोमा आफू खुशी भएको नगर प्रमुख आचार्यले बताए।

खेलाडी उत्पादन गर्न नगरपालिकाले हर सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि विभिन्न प्रतियोगिता आयोजना गरिने आचार्यले भने।

सम्मान कार्यक्रममा उपप्रमुख संगीता सुवेदी , नगरपालिकाका कर्मचारी लगायत अन्यको सहभागिता रहेको थियो।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्