प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ ।आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् । चिनियाँ प्रतिनिधिले परराष्ट्र मन्त्रालयमा मंगलबार औपचारिक रुपले निम्तोको पत्र हस्तान्तरण गरेका छन् । 

सोअनुसार ओली मंसिर १७ गते चीन गएर २१ गते (डिसेम्बर २ देखि ६ तारिखसम्म) फर्किने छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओलीसँगै परराष्ट्र मन्त्री डा आरजू राणा देउवा जानेछिन् । 

भारत जाँदा भने पहिले परराष्ट्र मन्त्री गएर एजेन्डा र प्रधानमन्त्रीको तालिका तय गर्ने गरिए पनि चीनमा भने चीनले नै उतैबाट तालिका पठाउने गर्दछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०५:४४
प्रतिक्रिया दिनुहोस्