कारसहित पोखरीमा डुबेका दुई जनाको शवलाई निकाल्यो सशस्त्र प्रहरीले

मंगलबार, कात्तिक २०, २०८१

सर्लाही । सर्लाहीको पोखरीमा कारसहित बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ। 

जिल्लास्थित ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएको थियो।

सशस्त्र प्रहरीको गोताखोरले पोखरीमा बेपत्ता भएका गौशाला नगरपालिका-१० का  ३७ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शवलाई फेला पारेर निकालेको सशस्त्र प्रहरीले जनाएको छ।

कारमा सवार महोत्तरीको गौशाला -२ का  ३१ वर्षीय जनक यादव भने पौडि खेलेर बाहिर निस्कन सफल भएका छन् । सशस्त्र प्रहरीसहितको टोलीले अहिले पोखरीमा डुबेको कारलाई निकाल्ने प्रयास भइरहेको छ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्