पेस्तोल र गोलीसहित सशस्त्र प्रहरीको नियन्त्रणमा एक भारतीय नागरिक

सोमबार, कात्तिक १९, २०८१

रौतहट । पेस्तोल र गोलीसहित सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

रौतहटस्थित सशस्त्र प्रहरीको बिओपी बेलाबिछवाको   गस्ती टोलीले आज बिहान २ बजे राजदेवी नगरपालिका-९ ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल र गोली सहित भारतीय नागरिक राजेश सिंहलाई पक्राउ गरेको हो।

रौतहट सशस्त्र प्रहरीका अनुसार  बिओपीको टोलीले नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान खोकासहित  ४२ वर्षीय राजेशलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले पेस्तोलसहित पक्राउ परेका राजेशलाई आबश्यक कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएको सशस्त्र प्रहरी रौतहटले जानकारी दिएको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्