अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल क्वार्टरफाइनलमा

शनिबार, कात्तिक १७, २०८१

काठमाडौँ । नेपाल हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । 

नेपालले पहिलो खेलमा इङ्गल्याण्डलाई र दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । 

अष्ट्रेलिया आज बिहान ११ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा १११ रन बनायो । 

नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा रिटायर्ट हर्ट हुनुपूर्व ५१ रन बनाए । लोकेश बलमा ३३ रन जोडे । विवेक यादवले ४ बलमा १२ तथा रशिद खानले २ बलमा अविजित रहँदै १२ रन बनाए । 

अष्ट्रेलियाका ज्याक उडले दुवै विकेट लिए । 

जवाफमा अष्ट्रेलिया ६ ओभरमा १०० रनमा समेटियो । डान क्रिष्टियनले १६ बलमा ५५ रन बनाएर अविजित रहे । अन्य ब्याटर खासै जमेनन्। 

नेपालका लागि प्लेयर अफ द म्याच प्रतिस जीसीले २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै लोकेश बम र विवेक यादवले १–१ विकेट लिए ।यो समूहबाट इङ्गल्याण्ड बाहिरिएको छ । 

‘हङ्कङ सिक्सेस’ मा नेपालको गतिलो शुरुआत, इङ्गल्याण्डमाथि छ विकेटको जित

नेपालले क्वार्टरफाइनलमा पुल डीको श्रीलंका वा बंगलादेशसँग खेल्नेछ । पुल बीबाट दुवै खेल हारेर बाहिरिएको इङल्याण्डले भने प्लेट च्याम्पियनशिप खेल्ने छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्