कांग्रेस उपसभापति गुरुङमाथि पनि अनुसन्धान हुन्छ: गृहमन्त्री

बुधबार, कात्तिक १४, २०८१

पोखरा । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङमाथि पनि अनुसन्धान हुने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

आज पोखरामा पत्रकारहरुँग गृहमन्त्री लेखकले आफ्नै पार्टीका उपसभापति भएपनि गलत कार्य गरेको भए गुरुङमाथि पनि अनुसन्धान हुने बताएका हुन् ।

गृहमन्त्री लेखकले भने-" उपसभापति ज्युको मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुन्छ।"

गृहमन्त्री लेखकले गुरुङमाथि पनि अनुसन्धान र   छानबिन हुने बताउँदै यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुने बताए। 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्