सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
घोराही । नाबालिकालाई बलात्कार गरेक्प आरोपमा पक्राउ परेका दुई सशस्त्र मध्ये एक सशस्त्र प्रहरी जिल्ला प्रहरी दाङको हिरासतमै मृत फेला परेका छन् ।
प्यूठानको वडडाँडा घर भइ दाङको भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर आज बिहान घोराहीस्थित वडा प्रहरी कार्यालयको शौचालयमा ५ बजेतिर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।
मगर आफ्नै गञ्जी र टिर्सटको पासो लगाएर सौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
उनी र सहायक हवल्दार भरत रोका मगर नाबालिका बलात्कार गरेको आरोपमा कात्तिक ७ गते पक्राउ परेका थिए । असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै दसैंको समयमा हालेको पिङ खेल्न गएका मध्य स्थानीय एक जना ८ बर्षीया र अर्की १४ बर्षीया नाबालिकामाथि यौन दुब्र्यबहार गरेको आरोपमा सशस्त्र प्रहरी आँफैले उनीहरुलाई पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।
दुई बालिकामाथि अपरिचित ब्यक्तिहरुले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले घटना अनुसन्धानका लागि प्रहरीमा उजुुरी दिएका थिए ।