निवर्तमान अध्यक्ष बेहानाद्वारा मोहरर्ममा ताजिया सेलाउनेलाई फलफूल तथा पानी वितरण

शनिबार, साउन १३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जमा इस्लाम धर्मवलम्बीहरुको महान पर्व मोहरर्म धुमधामका साथ मनाइएको छ।

मोहरर्मका अवसरमा आज दिउँसो ताजिया सेलाउन जाने धर्मावलम्बीहरुलाई नेपालगन्ज वडा नं. ४ का निवर्तमान अध्यक्ष मो. सफिक बेहनाले फलफूल लगायत पिय पदार्थ नि:शुल्क  वितरण गरेका हुन् ।

बाँके प्रदेश सभा २'ख'  का राप्रपाका सभापतिसमेत रहेका  युवा नेता बेहनाले ताजिया सेलाउन जाने सबैलाई फलफुल, पानी , जुस लगायतका सामाग्री वितरण गरेका थिए।

युवा नेता बेहनासँगै नेपालगन्जका समाजसेवी  युवा रवि शंकर बर्माले नेपालगन्ज- स्थित सावा मस्जिद अगाडि दिनभर आफै बसेर ताजिया सेलाउन जाने धर्मावलम्बीहरुलाई  फलफूल लगायतका सामाग्री वितरण गरेका थिए।

युवा नेता बेहनाले हरेक वर्ष हिन्दु - मुस्लिमहरुका चाँडपर्वमा यस्तै सहयोग गर्दै आएका छन् । यति मात्रै नभई नेता बेहनाले अप्ठ्यारोमा परेका गरिव र दुखीलाई  सहयोग गर्दै आएका छन् ।

यस्तै निवर्तमान वडाध्यक्ष बेहनाले कोरोना कहरका बेलामा भेरी अस्पताल, सुरक्षा निकाय, गरिव,बेसहारालाई स्वास्थ्य सामाग्री लगायत खाधान्न समेत निशुल्क वितरण गरेका थिए।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्