तुलसीपुरको साततलेमा जीप दुर्घटना,घटनास्थलमै दुई जनाको मृत्यु

शनिबार, कात्तिक १०, २०८१

दाङ । दाङको तुलसीपुरको उत्तरमा रहेको साततलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्याननबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  । 

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्