सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ७ फिन हिरासतमा राख्न आदेश दिएको छ। सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अदालत अनुमति दिएको हो।
बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
गत शुक्रवार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिँदै थियो।
हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ।